प्रतिकात्मक तस्वीर
दोलखा — बसको ठक्करबाट विगु गाउँपालिका–३ बुलुङकी ७४ वर्षीय वृद्ध महिला नेतर्नी लामाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार लामालाई काठमाडौँबाट विगुको बुलुङतर्फ जाँदै गरेको बा३ख ६३७४ नं को रोल्वालिङ यातायातको बसले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

विगु गाउँपालिका–४ को फिस्टेढुङ्गाबाट घर फर्किँदै गरेकी लामालाई बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक जीवन श्रेष्ठले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक श्रेष्ठका अनुसार चालक कालिञ्चोक गाउँपालिका–४ का २६ वर्षीय नारायण बुढाथोकीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय सिगटीमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको छ ।