काठमाडौँ — साताको तेस्रो दिन आज मङ्गलबार स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा चार सय रुपैयाँले घटेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख ३१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुन आज एक लाख ३० हजार पाँच सय ५० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

हिजो सोमबार तोलामा एक लाख ३१ हजार छ सय रुपैयाँमा कारोबार भएको र तेजावी सुन तोलामा एक लाख ३० हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य सामान्य रुपमा बढेको छ । हिजो सोमबार प्रतितोला एक हजार पाँच सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार पाँच सय ४५ रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ ।