हेटौँडा — बागमती प्रदेशसभामा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिदैँ हुनुहुन्छ । आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक झण्डै दुई घण्टा ढिलागरी भर्खरै सुरु भएको हो ।

बैठकमा मुख्यमन्त्री जम्मकट्टेलले आफुमाथि प्रदेशसभाको विश्वास छ भन्ने सम्बन्धमा राख्नुभएको प्रस्तावमाथि दलका नेताहरुले समर्थन गर्नुभएको छ ।

११० सदस्यीय प्रदेशसभामा सत्ता गठबन्धनको बहुमत देखिन्छ । माओवादी केन्द्रका जम्कट्टेलले एमाले, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीका समर्थनमा विश्वासको मत लिँदै हुनुहुन्छ ।

बागमतीमा एमाले (२७), माओवादी केन्द्र (२१) र एकीकृत समाजवादी (७) गरी गठबन्धनका ५५ र हाम्रो नेपाली पार्टीका दुई सांसद गरी मुख्यमन्त्री जम्मकट्टेलले ५७ जना सांसद्बाट विश्वासको मत पाउने हुनुभएको छ । त्यस्तैगरी १३ सांसद भएको राप्रपा र ३ सांसद भएको नेमकिपा भने तटस्थ बस्ने भएको छ ।