काठमाडौँ — साताको दोस्रो दिन आज सोमबार स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला एक हजार छ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार एक लाख ३० हजारमा कारोबार भएकामा आजका लागि भने प्रतितोला एक लाख ३१ हजार छ सय रुपैयाँ कायम भएको छ ।

यस्तै, तेजाबी सुन आइतबार एक लाख २९ हजार चार सयमा कारोबार भएकामा आजका लागि भने एक लाख ३० हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको छ । 

यस्तै, आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले वृद्धि भएको छ । आइतबार प्रतितोला प्रतितोला एक हजार पाँच सय ३५ रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको चाँदी आज एक हजार पाँच सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्ले जनाएको छ ।