फाइल तस्वीर
एजेन्सी — भारत पश्चिम बङ्गालको जलपाईगुडीमा वर्षासँगै आएको हुरीबतासका कारण चार जनाको मृत्यु भएको छ भने तीन सयभन्दा बढी घाइते भएका छन् । बीबीसीका अनुसार गर्मीमा आउने तीव्र गतिको हुरीबतासका कारण रुखहरू ढल्दा चार जनाको मृत्यु भएको हो ।

घाइते भएका तीन सयमध्ये २० जनाको अवस्था गम्भीर रहेको छ । घाइते सबैजनाको उपचार स्थानीय अस्पतालहरूमा भइरहेको छ । पश्चिम बङ्गालका विभिन्न क्षेत्रमा वर्षासँगै आएको हुरीबतासले घरहरूमा पनि क्षति पुगेको छ भने हवाई उडानसमेत प्रभावित भएको छ ।