लन्डन — पछिल्ला वर्षहरुमा बेलायतका धेरै बालबालिकाले “मैले कहिलेदेखि स्मार्टफोन चलाउन पाउँछु ?” भन्ने प्रश्नले आम अभिभावकलाई सताउने गरेको छ । यो प्रश्न अब नौलो होइन, आम बालबालिकाले आफ्ना अभिभावकलाई सोधेर हैरान पारिरहेका हुन्छन् । बालबालिकाको दिमागमा स्मार्टफोनले पार्ने असरबाट चिन्तित बनेका बेलायतका केही अभिभावक यसलाई रोक्न निकै सङ्घर्षरत देखिएका छन् ।
तीन बच्चाकी आमा डेजी ग्रीनवेलले आफ्ना बालबच्चालाई विद्यालयको ढोकामा पु¬याउँदा यही स्थिति अरु अभिभावकले पनि सामना गर्नु परेको छ । ग्रीनवेलकी साथीका ११ वर्षीय छोराले पनि यस्तै स्मार्टफोन मागेको थाहा पाइन् । ती बच्चाको कक्षाका अरु तीन बालबालिकाले स्मार्टफोन प्रयोग गरेको पाइएको थियो ।
इन्स्टाग्राममा उनले लेखेकी छिन, “अरु अभिभावकसँगको कुराकानीले मलाई आतङ्कति तुल्याएको छ । म मेरो बच्चालाई त्यस्तो सामान दिन चाहन्न जसले उनको मानसिक स्वास्थ्य बिगार्नुका साथै उनलाई कुलतमा फसाउँछ ।”
“तर मलाई के पनि थाहा छ भने यस्तो दबाब व्यापक हुने गरेको छ,” पूर्वी इङ्ल्यान्डको उडब्रिजका एक पत्रकारले टिप्पणी लेखेका छन् ।
उडब्रिजको टिप्पणी लगत्तै धेरै अभिभावकले स्मार्टफोनको प्रयोगबाट हुनसक्ने असरका बारेमा एकपछि अर्को धारणा सार्वजनिक गरेका छन् । खासगरी बालबच्चाहरुले स्वतन्त्र रुपमा यस्ता डिभाइस चलाउन पाए उनीहरु अनलाइन बुलिङ, सामाजिक तनाब र हानिकारक सामग्रीबाट प्रताडित हुनेछन् ।
बढ्दो साइबर अपराध वृद्घिले बालबालिकामा मानसिक तनाव उत्पन्न हुने देखेर ग्रीनवेल र उनका साथी क्लेयर रेनोल्ड्सले “स्मार्टफोन फ्री चाइल्डहुड” नामको सचेतना अभियान सञ्चालन गरिन् ।
अभिभावकको अनुभव समेतलाई आधार मानेर गरिएको प्राज्ञिक अनुसन्धानले बालबच्चाले स्मार्टफोन माग्दा अभिभावकहरुले चिन्तित हुने गरेको देखाएको छ । कतिपय अभिभावकले भने आफूहरु बालबच्चाका अघिल्तिर निरीह हुने गरेको गुनासो गरेका थिए । फोन दिँदा पनि सुरक्षामा ध्यान दिनुपर्ने उनीहरुको तर्क छ ।
बेलायतका विद्यालय शिक्षामन्त्री डेमियन हिन्ड्सले संसदीय समितिमा बोल्दै ११ वा १२ वर्ष उमेरका सबैजसो बालबालिकाले मोबाइल फोन राख्ने गरेको बताउनुभएको छ ।
वास्तवमै स्मार्टफोनले बालबालिकाको मनमा ठूलो असर गर्ने अमेरिकी सामाजिक मनोवैज्ञानिक जोनाथन हेड्टद्वारा भर्खरै प्रकाशित पुस्तक ‘द एन्क्सियस जेनेरेसन’मा उल्लेख छ । उहाँले फोनमा आधारित बाल्यकालको भविष्य युवामा मानसिक रोगको समस्या बढ्ने र यसलाई कम गर्नका लागि बालबालिकालाई स्मार्टफोनबाट टाढा राख्नुपर्ने बताउनुहुन्छ । उहाँले स्मार्टफोनको पूर्ण रूपान्तरण सन् २०१० र सन् २०१५ को बीचमा भएको थियोे र जसले गर्दा बालबालिकाको मनमा ठूलो परिवर्तन आएको पुस्तकमा उल्लेख गर्नुभएको छ ।
स्नातक अध्ययनरत विद्यार्थी डिप्रेसनमा जानु मुख्य कारण स्मार्टफोन नै हो, अमेरिकी कलेज हेल्थ एशोसिएसनले जानकारी गराएको छ ।
चौध वर्षभन्दा अगाडि स्मार्टफोन र १६ वर्षभन्दा अगाडि सामाजिक सञ्जालबाट बालबालिकालाई टाढा राख्नुपर्ने जोनाथन हेड्टले भन्नुभयो । यसका लागि हामी अभिभावकले मिलेर काम गर्नुपर्ने उहाँको धारणा रहेको थियो ।