फाइल तस्वीर
काठमाडौँ — साताको छैटौं कारोबार दिन आज शुक्रबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला दुई हजार एक सय रुपैयाँले वृद्धि भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज झनै वृद्धि भएको हो ।
बिहीबार प्रतितोला एक लाख २७ हजार नौ सयमा कारोबार भएको छापावाल सुन आजका लागि एक लाख ३० हजार निर्धारण गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला एक लाख २७ हजार तीन सयमा कारोबार भएको तेजाबी सुन आज एक लाख २९ हजार चार सय निर्धारण गरिएको छ ।
यस्तै आज चाँदीको मूल्य समेत वृद्धि भएको छ । बिहीबार प्रतितोला एक हजार पाँच सय १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पन्ध्र रुपैयाँले बढेर एक हजार पाँच सय २५ रुपैयाँमा कारोबार भएको हो ।