सिराहा — एसईई परीक्षाको नेपाली विषयको प्रश्नपत्र बाहिरिएको छ । सिरहामा परीक्षा सुरु भएको १० मिनेट नबित्दै नेपाली विषयको प्रश्न पत्र बजारमा बाहिरिएको हो ।

IMG-20240329-WA0000

निजि विद्यालयहरूले चिट बनाउन सक्रिय रहेको टोलीलाई परीक्षा हलबाट एक थान प्रश्न पत्र केन्द्राध्यक्ष र गार्डहरूकै सहयोगमा बाहिर निकालिएको थियो । त्यहाँबाट तस्बिर खिचेर समाजिक सञ्जालमार्फत् छ्यापछ्याप्ती बनाइएको छ ।

परीक्षा हल वरिपरि फोटोकपी मेसिनसहित चिट बनाउने टोलीहरू सक्रिय देखिएका छन् । सिरहा जिल्लाभरी नै नेपाली विषयको प्रश्नपत्र समाजिक सञ्जालमार्फत निजि विद्यालयहरूको हात हातमा पुगेको छ ।