काठमाडौँ — साताको पाँचौं दिन आज बिहिबार स्थानीय बजारमा सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख २७ हजार नौ सय रुपैयाँ कायम भएको हो ।
यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २७ हजार तीन सयमा कारोबार गर्ने गरी मूल्य निर्धारण गरिएको छ ।

अघिल्लो कारोबार दिन बुधबार छापावाला सुन प्रतितोला एक लाख २६ हजार आठ सयमा र तेजाबी सुन प्रतितोला एक लाख २६ हजार दुई सयमा कारोबार भएको थियो ।

यस्तैगरी आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य आज तोलामा एक हजार पाँच सय १० रुपैयाँ निर्धारण गरिएको छ । बुधबार प्रतितोला एक हजार चार सय ९० मा कारोबार भएको थियो ।