प्रतिकात्मक तस्वीर
नारायणगढ — नारायणगढ मुग्लिन सडकको रामनगरमा आज बिहान दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बिहान ५ बजे भरतपुर महानगरपालिका १ नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर अगाडी चेकिङको लागि रोकी राखेको झापाबाट काठमाडौँ तर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४८८८ नं को यात्रु बसको पहाडी ग २ ख २२५ नं को हायस अनियन्त्रित भई ठक्कर खाँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा स्थानीय कमलबहादुर न्यौपानेको घरमा सञ्चालित मोटरसाइकल ग्यारेज समेत क्षति पुगेको छ । दुर्घटनामा परी चितवन भरतपुर मनपा ११ बस्ने वर्ष ४४ की मिना सापकोटा, भरतपुर ५ बस्ने वर्ष ४० को केशर साह, भरतपुर २१ बस्ने वर्ष ४४ को मेकना तामाङ , भरतपुर १४ बस्ने वर्ष ५३ को हरिराम ढकाल, वर्ष ५१ की धनुमाया ढकाल, भरतपुर २ बस्ने बर्ष ३० को काशी उपरकोटी, भरतपुर, २० बस्ने वर्ष ४७ को तुल बहादुर घले र गोर्खा सिरान चोक गापा १ बस्ने वर्ष २६ की प्रीति रम्तेल घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय भरतपुरका अनुसार उनीहरूको भरतपुरका विभिन्न अस्पतालमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको बताएको छ ।