फाइल तस्वीर

क्यानबेरा — दक्षिण अस्ट्रेलियाको तटमा माछा मार्ने डुङ्गा पल्टिएपछि एक जनाको मृत्यु हुनुका साथै दुई जना बेपत्ता भएका छन् । एडिलेडबाट दुई सय किलोमिटर पश्चिममा रहेको स्पिल्सबी टापु नजिकै सोमबार दिउँसो डुङ्गा डुब्दा पाँच जना सवार डुङ्गा डुबेको हो ।

केही समयअघि त्यही स्थानको पानीमा एकजना मृत व्यक्ति फेला पारेको प्रहरी अधिकारी पल बहरले मङ्गलबार बिहान पत्रकार सम्मेलनमा बताउनुभएको छ । उहाँका अनुसार मृत व्यक्तिको पहिचान तथा पुष्टि हुन भने बाँकी नै छ ।

दुर्घटनामा परेका दुई जिवित व्यक्ति एक चट्टानमा फेला परेको स्रोतले बताएको छ । डुङ्गामा सवार रहेका परिवारका सदस्य तथा नजिकका साथीहरूको समूह रहेको प्रहरीले जनाएको छ ।