काठमाडौँ — हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसको प्रभावस्वरुप यतिबेला देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा मधेश प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङपिहत हल्का वर्षाको सम्भावना रहेको छ । आज दिउँसो कोशी प्रदेशका केही स्थान, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङपिहत हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेशको एक–दुई स्थानमा मध्यम वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यसैगरी कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानका साथै गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति पनि देशभर आंशिक बदलीको अवस्था रहने छ भने कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ । राति कोशी, बागमती र गण्डकी प्रदेशका प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।