काठमाडौँ — साताको छैटौं दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिन नयाँ कीर्तिमान कायम गरेको सुन आज प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख २६ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ । यसैगरी आज तेजाबी सुनको मूल्य पनि प्रतितोला १ लाख २५ हजार ९ सय रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

त्यसैगरी नेपाली बजारमा आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर तोलाको १ हजार ५ सय रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।