काठमाडौँ — साताको पाँचौं दिन आज बिहिबार स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रति तोला दुई हजार छ सय रुपैयाँका दरले वृद्धि भएको छ । बुधबार प्रतितोला एक लाख २५ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन आज एकैदिन दुई हजार छ सय रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला एक लाख २७ हजार आठ सय रुपैयाँ तोकिएको छ । यस्तै हिजो बुधबार प्रतितोला एक लाख २४ हजार ६ सयमा कारोबार भएको तेजाबी सुनको मूल्य आज एक लाख २७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।


त्यस्तै चाँदीको मूल्यमा पनि प्रतितोला ३५ रुपैयाँले वृद्धि भएको छ । बुधबार प्रतितोला एक हजार पाँच सय २० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार पाँच सय ५५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।