काठमाडौँ — हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभरको मौसम आंशिकदेखि साधारणतया बदलीको अवस्थामा छ । आज बिहान कोशी र मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । त्यसैगरी कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा अहिले छिटपुटदेखि हल्का हिमपात भइरहेको छ ।

आज दिउँसो पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने छ । आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानसहित बाँकी देशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा दिउँसो हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरी आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ । राति कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।