काठमाडौँ — साताको तेस्रो दिन आज मङ्गलबार स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला सात सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख २५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज तेजावी सुनको मूल्य पनि प्रतितोला सात सय रुपैयाँले नै वृद्धि भएको छ । महासङ्घले आजका लागि तेजावी सुन प्रतितोला एक लाख २४ हजार छ सय कायम गरेको छ ।

हिजो सोमबार छापावाला सुन प्रतितोला एक लाख २४ हजार पाँच सय रुपैयाँमा र तेजावी सुन प्रतितोला एक लाख २३ हजार नौ सय मूल्यमा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्यमा सामान्य पनि आज वृद्धि भएको छ । सोमबार प्रतितोला एक हजार पाँच सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार पाँच सय २५ रुपेयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।