काठमाडौँ — साताको दोस्रो दिन आज सोमबार स्थानीय बजारमा पहेलो धातुको मूल्यमा सामान्य हेरफेर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजामरमा आज छापावाला सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले घटेको हो ।

आइतबार प्रतितोला एक लाख २५ हजार मूल्यमा कारोबार भएको छापावाला सुनको मूल्य आज प्रतितोला एक लाख २४ हजार पाँच सय रुपैयाँ कायम भएको छ । 

यस्तै, तेजाबी सुनको मूल्य आइतबार एक लाख २४ हजार चार सय कायम भएकोमा आज भने तोलामा पाँच सय रुपैयाँले घटेर एक लाख २३ हजार नौ सय रुपैयाँ कायम भएको छ । 

यस्तै, आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । आइतबार प्रतितोला एक हजार तीन सय १२ रुपैयाँमा कारोबार भएको चाँदी आज भने प्रतितोला एक हजार तीन सय तीन रुपैयाँ निर्धारण भएको छ ।