प्रतिकात्मक तस्वीर
मनहरि — लुकाइछिपाइ ल्याएको १ लाख ५० हजारसहित चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हेटौँडा–१५ स्थित प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा वीरगञ्जबाट नारायणघाटतर्फ जाँदै गरेको बि आर ०१ एआर २९९१ नम्बरको भारतीय कारको सिटमुनी अवैध रकमसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार रकमसँगै कार चालक भारत विहार सीतामणि थाना ९९ भूभैरवो बस्ने वर्ष ३० को राकेशकुमार र सोही कारमा सवार वर्ष ३० को चन्द्रबाबु, वर्ष ३७ को अशोक राय, सुनसरी कोशी गाउँपालिका– ४ बस्ने वर्ष ३२ को निजाम मियाँसमेत चारजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।