प्रतिकात्मक तस्वीर

भक्तपुर — आफ्नै श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–३, झौखेल पिपलबोट नजिकै मनोजकुमार बुढाथोकीको घरमा डेरा गरी बस्ने सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ८ घर भएका २५ वर्षीय सन्तोष भुजेललाई श्रीमती हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

बिहीबार साँझ मादक पदार्थ सेवन गरी घर आएका श्रीमान् २५ वर्षीय सन्तोष भुजेलले श्रीमती २१ वर्षीया पवित्रा राईले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । पवित्रालाई उपचारका लागि भक्तपुर जिल्ला अस्पताल लगिएकोमा बेलुकी ७ ः १५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी परिसरका डिएसपी वसन्त पाठकले जानकारी दिनुभयो ।

घटनामा संलग्न सन्तोषलाई नियन्त्रणमा लिएर घटनाको विषयमा अनुसन्धान अघि बढाइएको र पवित्राको शव पोस्टमार्टमका लागि भक्तपुर अस्पतालमै राखिएको प्रहरीले जनाएको छ ।