काठमाडौँ — फाल्गुन महिनाको तेस्रो सातादेखि उकालो लागेको सुनको मूल्यले तीन दिनयता लगातार कीर्तिमान कायम गरेको छ । अस्ति मङ्गलबार र हिजो बुधबार नयाँ उचाइमा पुगेको सुन आज बिहीबार पनि प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेर उच्च मूल्य निर्धारण भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोलामा १ लाख २५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तैगरी नेपाली बजारमा आज तेजाबी सुनको मूल्य पनि १ लाख २४ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबार दिन हिजो बुधबार छापावाल सुन १ लाख २३ हजार ५ सय र तेजाबी सुन १ लाख २२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्यमा वृद्धि भएको छ । हिजो १ हजार ४ सय ४० रुपैयाँमा कारोबार चाँदी आज प्रतितोला ३० रुपैयाँले बढेर १ हजार ४ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले वजनाएको छ ।