गण्डकी — महिलाका हकअधिकार सुनिश्चितताका लागि महिला सशक्तीकरण अपरिहार्य भएको यहाँ आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल कास्की र युएसएआइडी जल जङ्गल परियोजनाल संयुक्तरुपमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले महिला सशक्तीकरणको खाँचो आँैल्याएका हुन् ।

 ‘महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी’ नाराका साथ आयोजित कार्यक्रममा महिलासम्बन्धी संवैधानिक अधिकार अक्षरश ः कार्यान्वयन गर्न तीनै तहका सरकार जिम्मेवार हुनुपर्नेमा सहभागीको जोड थियो । गण्डकी प्रदेश नीति तथा योजना आयोगका सदस्य अञ्जला चौधरीले दोस्रो प्रदेश पञ्चवर्षीय योजनामा महिला हकअधिकारको सुनिििश्चततालाई प्राथमिकतामा राख्ने तयारी भइरहेको जानकारी दिनुभयो । 

प्रदेशका ११ वटै जिल्लाका ८५ पालिकाकामा छलफल कार्यक्रमबाट प्राप्त सुझावका आधारमा महिला सशक्तीकरणमा जोड् दिइने बताउँदै उहाँले प्राप्त अधिकारको उपयोग गर्दै थप अधिकारका लागि महिला सङ्गठित भएर लाग्नु पर्ने आवश्यकता औँल्याउनुभयो । 

पोखरा उद्योग वाणिज्य सङ्घका उपमहासचिव शोभा गौतमले महिला आर्थिक रुपमा सक्षम हुनका लागि उद्यमी बन्नुपर्नेमा जोड दिँदै त्यसका लागि महासङ्घकातर्पm बाट आवश्यक सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

जिल्ला समन्वय समिति कास्कीका उपप्रमुख एवम् सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका केन्द्रीय सदस्य सरिता कुमालले पछिल्लो समय प्रत्येक क्षेत्रमा महिला सहभागितामा क्रमिकरुपमा वृद्धि हुँदै गएको बताउनुभयो ।

प्रदेश वन निर्देशनालयका उपसचिव करुणा कार्कीले महिलाले अवसर पाएमा जस्तो सुकै चुनौतिको सामना गर्न सक्षम रहेको बताउँदै  आर्थिक, सामाजिक र सांस्कृतिक कारणले महिलालाई अघि बढ्न अझै पनि चुनौती रहेको बताउनुभयो ।

 कार्यक्रममा जल, जङ्गल परियोजना वरिष्ठ जेसी अधिकृत सुनिल चौधरी र किरण न्यौपानेले परियोजनाका लक्ष्य, नेपालमा महिलाको अवस्था, जलवायु परिवर्तन न्यूनीकरण सम्वन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

सामुदायिक वन उपभोक्ता महासङ्घ कास्कीका सचिव पार्वती सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमा महासङ्घका केन्द्रीय सदस्य हरि बास्तोला र गण्डकी प्रदेश अध्यक्ष कालिदास सुवेदी, जिल्ला महासङ्घ अध्यक्ष विश्वनाथ लामिछाने, महानगर महासङ्घ सचिव सीता सापकोटा लगायतले महिला दिवसको महत्व र महासङ्घले खेल्दै आएको भूमिकामाथि चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा सामुदायिक वन समूह, महिला सङ्घसँग सम्बन्धित विभिन्न सङ्घसंस्था, कर्मचारी, वन विज्ञान अध्ययनरत विद्यार्थीसहित ५० जनाको सहभागिता रहेको थियो ।