काठमाडौँ — त्रिकोणात्मक टी–२० क्रिकेट श्रृङ्खलाको आज जारी फाइनल खेलमा नेपालले नेदरल्यान्ड्सलाई जितको लागि १ सय ८५ रनको लक्ष्य दिएको छ ।

किर्तीपूरस्थित टियू मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८४ रन बनाएको हो ।

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक योगदान दिलाउँदै ३७ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ४७ रन बनाउन सफल भए । दोस्रो विकेटका लागि आसिफ र कप्तान रोहित पौडेलले ५९ रनको साझेदारी गरे । रोहितले १९ बलमा ३ चौका र १ छक्कासहित २५ रन बनाएर आउट भए । दोस्रो विकेटका रुपमा कप्तान रोहित पौडेललाई गुमाएको थियो । उनी २५ रन बनाउँदै पेभेलियन फर्किएका थिए । आउट हुनुअघि उनले १९ बलमा एक छक्का र तीन चौका हिर्काएका थिए । उनलाई डच बलर माइकल लेभिटले कप्तान स्कट एडवार्डद्वारा क्याच गराएका थिए । ९.२ ओभरमा रोहित आउट हुँदा नेपालले ८२ रन बनाएको थियो ।

गुलशन झाले २५ बलमा ३ छक्कासहित ३४ रन बनाए । कुशल मल्लले ११ बलमा ३ छक्कासहित २६ रन बनाउदा कुशल भुर्तेलले २० रन जोडे । एक समय १७ ओभरमा १५८÷४ को स्थितिमा रहेको नेपाल लगातार विकेट गुमाउँदा १८.२ ओभरमा १६८–८ को स्थितिमा पुगेको थियो ।सोमपाल कामी र प्रतिस जिसी ५ बलमा ६÷ ६ रन बनाउदै अविजित रहे ।