धनकुटा — धनकुटामा आज अपराह्न भएको सवारी दुर्घटनामा एकजना बालिकाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् । हिलेबाट पाख्रिबासतर्फ गइरहेको पिकअप भ्यान दुर्घटना हुँदा घटनास्थलमा नै एक बालिकाको मृत्यु भएकोहो ।

जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाए अनुसार घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई थप उपचारका निम्ति धरानस्थित बिपी कोइराला सवास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । प्रहरीले मृतक र घाइतेको परिचय सार्वजनिक गरेको छैन ।