काठमाडौँ — साताको पहिलो दिन आज आइतबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अस्ति शुक्रबारको तुलनामा आज सुन प्रतितोला दुई हजार रुपैयाँले वृद्धि भएको हो ।

महासङ्घका अनुसार आज आइतबार छापावाल सुन १ लाख २१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी आज तेजाबी सुन १ लाख २० हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । शुक्रबार छापावाल सुन १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, अघिल्लो कारोबार दिन शुक्रबार तेजाबी सुन १ लाख १८ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै शुक्रबार १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला २० रुपैयाँले बढेर तोलाको १ हजार ४ सय १० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।