काठमाडौँ — हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेकोे छ ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहने छ भने देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । आज राति पनि पहाडी भूभागमा आंशिक बदलीकै अवस्था रहने र उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पहाडी भूभागको मौसम आंशिक बदली र उच्च भूभागमा हिमपातको सम्भावना रहे पनि आज पानी पर्ने सम्भावना भने कतै नरहेको महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।