फाइल तस्वीर ।
काठमाडौँ — त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत आज नेपालले पहिलो खेलमा नामिबियासँग खेल सुरुगरेको छ । टस हारेर बलिङ गर्न मैदानमा उत्रिएको नेपाली टिमले नामिबियासँग कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालय क्रिकेट मैदानमा प्रतिपर्धा गरिरहेको छ ।

नामिबियाका कप्तान जेजे स्मिथले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएपछि टस हारेको नेपालले फिल्डिङको निम्तो पाएको हो । नेपालले टी–२० टोलीमा केही खेलाडी परिवर्तन गरेको छ भने नामिबियाले आईसीसी विश्वकप लिग–२ को टोलीलाई निरन्तरता दिएको छ ।

नेपाललाई लिग दुर्इृका दुवै खेलमा चार विकेट र दुई विकेटले हराएको नामिबिया उच्च मनोबलका साथ मैदानमा उत्रिएको छ । नामिबियालाई अविजित १५ खेलमा हराएको नेपालले यतिबेला अघिल्ला खेलमा हार व्यर्होदै आाएको छ । आजको खेलमा नेपालले गृहमैदान र घरेलु दर्शकको फाइदा लिंदै नामिबियालाई हराउन चाहन्छ । त्रिकोणात्मक सिरिजमा नेपाल, नेदरल्यान्ड्स र नामिबियाबीच प्रतिस्पर्धा हुनेछ ।

नेपालले आज केही खेलाडीहरु परिवर्तन गरेको छ । आज नामिबियाविरुद्धको खेलमा कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल, सोमपाल कामी, आसिफ शेख, करण केसी, कुशल मल्ल, अभिनाश बोहरा, सन्दीप जोरा, करण केसी, विवेक यादव, गुल्शन झा र दीपेन्द्रसिंह ऐरी सहभागी छन् ।