फाइल तस्वीर

काठमाडौँ — सार्क सदस्य राष्ट्र नेपाल र बङ्गलादेशबीच विद्यत खरिद विक्रीसम्बन्धमा बङ्गलादेशमा वार्ता भएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नेतृत्वमा बङ्गलादेश पुगेको टोली र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डबीच नेपालबाट विद्युत खरिद गर्ने विषयमा वार्ताभएको हो ।

विद्युत खरिद विक्री गर्ने सम्बन्धमा दुई देशका अधिकारीहरुबीच सकारात्मक वार्ताभएको जनाइएको छ । बङ्गलादेशले आगामी वर्षायाममा नेपालसँग विद्युत खरिद गर्ने भएको छ । बङ्गलादेशले आगामी जुनबाट अमेरिकी डलरमा विद्युत खरिद गर्ने बताइको छ । दुई देशबीचको वार्ता सकारात्मकरुपमा अन्तिम चरणमा पुगेता पनि सम्झौता भने हुन बाँकी छ ।

विद्युत प्राधिकरणले जनाए अनुसार बङ्गलादेशमा विद्युत निर्यात गर्ने विषयमा समझदारी बनेको र प्रतियुनिट मूल्य निर्धारण गरेर सम्झौता हुनेछ । प्राधिकरणले बीपीडीबीअन्तर्गतको बोलपत्र मूल्याङ्कन समितिसँग ढाकामा वार्ता गरेको थियो । नेपालमा खपतभन्दा बढी उत्पादन हुने वर्षातमा विद्युत् खरिद हुने बताइएको छ।

प्राधिकरणले ५ वर्षको लागि सम्झौता गर्ने तयारी गरेको बुझिएको छ । आगामी जुन महिनादेखि नोभेम्बरसम्म नेपालले बङ्गलादेशलाई विद्युत विक्री गर्ने प्रस्ताव पठाएको छ । नेपालले ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तर्देशीय प्रसारणलाइनमार्फत भारतको बरमपुर–भेरामारा हुनै विद्युत् बङ्गलादेश पु¥याउनेछ । विद्युत निर्यातको सुरुवात नेपाल, भारत र बङ्गलादेशका प्रधानमन्त्रीबाटै सुरुवात गर्ने तयारी गरिएको छ ।