फाइल तस्वीर
काठमाडौँ — अर्थमन्त्री डा. प्रकाशशरण महतले देशमै रासायनिक मल कारखाना खोल्ने प्रक्रियालाई अघि बढाउने दावी गर्नुभएको छ । आज सोमवार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा बोल्दै अर्थमन्त्री महतले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेश गर्दै यस्तो दावी गर्नुभएको हो ।

‘रासायनिक मलको दिगो आपूर्ति व्यवस्था मिलाइनेछ। मुलुकमा नै रासायनिक मलको कारखाना खोल्ने प्रक्रियालाई अगाडि बढाइनेछ । प्राकृतिक र प्राङ्गारिक मलमा आधारित खेतीलाई प्रोत्साहन गरिनेछ’ अर्थमन्त्री डा.महतले भन्नुभयो ।

मन्त्री महतले किसानहरुलाई सहुलियतपूर्ण कर्जा, उन्नत प्रविधि तथा तालिम, सिंचाई सुविधा, मल, बीउको उपलब्धता सुनिश्चित गरी कृषि उपजको उत्पादकत्व वृद्धि गरिने भन्दै प्राकृतिक र प्राङगारिक मलमा आधारित खेतीलाई प्रोत्साहन गरिने उल्लेख गर्नुभयो ।

अर्थमन्त्री महतले ‘पहाडका टार र तपाई मधेशमा थप क्षेत्रमा सिंचाई सुविधा विस्तार गर्न जोड दिइने उल्लेख गर्नुहुँदै सहुलियतपूर्ण कर्जा उन्नत प्रविधि, तथा तालिम, सिँचाई सुविधा, मल, बीउको उपलब्धता, सुनिश्चित गरी कृषि उपजको उत्पादकत्व वृद्धि गरिनेछ’— भन्नुभयो ।