काठमाडौँ — साताको दोस्रो दिन आज सोमबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ । हिजो आइतबार ५ सय रुपैयाँले बढेको सुन आज सोमबार भने दुई सय रुपैयाँले घटेर १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज तेजाबी सुन १ लाख १७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।
त्यसैगरी आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । अघिल्लो दिन हिजो आइतबार १ हजार ४ सय रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँ घटेर १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।