दमास्कस — मध्य सिरियाको होम्स प्रान्तमा आइतबार इजरायली हवाई आक्रमणमा परी ३ जना सर्वसाधारणको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाए अनुसार दक्षिणपश्चिमी होम्सको अल–कुसाइर क्षेत्रमा दुईवटा नागरिक सवारी साधनलाई निशाना बनाएर आक्रमण गरिएको थियो ।


यसैबीच, सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले आक्रमणमा दुई हिजबुल्लाह सदस्य मारिएको बताएको छ । यो हवाई आक्रमण सिरियामा इजरायली आक्रमणको शृङ्खलाको पछिल्लो घटना हो । इजरायलले हालै इरानी मिलिशियासँग संलग्न व्यक्तिहरू विरुद्ध हत्या प्रयास गरेको छ ।

अब्जरभेटरीले आइतबार प्रतिवेदनमा इजरायलले सन् २०२४ को शुरुदेखि सिरियामा हालसम्म १६ वटा आक्रमण गरेको उल्लेख गरेको छ ।