फाइल तस्वीर
काठमाडौँ — साताको पहिलो दिन आज आइतबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोलामा पाँच सय रुपैयाँले वृद्धि भई प्रतितोला एक लाख १८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छ ।

तीनदिनसम्म स्थिर रहेको मूल्यको आज आइतबार बढ्न पुगेको हो । विगत १० दिनमा सुनको मूल्यमा प्रतितोला दुई हजार रुपैयाँले वृद्धिभएको छ । फागुन ३ गते सुनको मूल्य १ लाख १६ हजार ५ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन एक हजार तीन सय ९५ रुपैयाँ रहेको चाँदी १ हजार ४ सय रुपैयाँ रहेको महासङघले जनाएको छ ।