पक्की पुलको शिलान्यास कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड ।

धनुषा — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धनुषा र सिरहा जोड्ने पक्की पुलको शिलान्यास गर्नुभएको छ । धनुषाको सबैला नगरपालिका वडा नं ४ र सिरहाको कल्याणपुर नगरपालिको वडा नं ५ जोड्ने पक्की पुलको आज शिलान्यास गर्नुभएको हो ।

एक अर्ब ११ करोड रुपैयाँभन्दा बढी लगानीमा निर्माण हुने यस पुलको लम्बाइ छ सय मिटर छ । डबल लेनको यस पुल निर्माणपछि दुई जिल्लाका जनतालाई आवतजावतमा सहयोग पुग्नेछ ।