काठमाडौँ — नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायमै रहेको छ । जसको प्रभावका कारण देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी ठाउँमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।

साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान साथै कोसी र बागमती प्रदेशकोका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ । महाशाखाका अनुसार आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।