काठमाडौँ — कृषि विकास बैंकले रिक्त कर्मचारी पदपूर्तिका लागि नयाँ कर्मचारीको दरखास्त आह्वान गरेको छ । बैंकले एक सूचना जारी गर्दै शाखा अधिकृत, लेखापाल, प्राविधिकसहित १ सय १२ जना रिक्त पदका लागि दरखास्त आह्वान गरेको हो ।

बैंकको सार्वजनिक गरेको सूचनामा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वार पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको उल्लेख छ । बैंकले २ जना शाखा प्रमुख, २ जना वरिष्ठ लेखा अधिकृत, ३२ जना व्यवसाय अधिकृत, २ जना कम्प्युटर अधिकृत, १ जना आइटी इन्जिनियर, ६ जना कर्जा अधिकृत, १६ जना व्यवसाय सहायक, एकजना कानुन सहायक, ३ जना कर्जा सहायक, १ जना ओभरसियर र ४६ जना लेखापालको पदपूर्तिको लागि दरखास्त आह्वान गरिएको जनाएको छ ।

जसका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि आगामी चैत १ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्ने बैंकले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।