फाइल तस्वीर
मकवानपुर — मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकामा आज अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार धादिङ बजारतर्फबाट मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीतर्फ आउने क्रममा ना२.ह ५२६८ नंको अटो अनियन्त्रित भएर पल्टिएको थियो ।

घाइते भएका सोही स्थान निवासी ३५ वर्षीय चालक सुमन भन्ने देवीबहादुर घिमिरेलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याउँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएकोे जनाएको छ ।