प्रतिकात्मक तस्वीर

काठमाडौँ — काठमाडौँको चक्रपथस्थित सितापाइलामा एक जना महिला र दुई शिशुहरु जना मृतअवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार ३८ वर्षीया आमा उनका आठ र दुई वर्षका छोरीहरुको शव घरको कोठाभित्र मृत फेला परेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार शवको प्रकृति हेर्दा उनीहरुको हत्या भएको अनुमान गरिएको छ । सो घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पुगेको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।