फाइल तस्वीर
डिस अबाबा — डि विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सोमबार इथियोपियामा हैजा प्रकोप विरुद्ध लड्न १७ वटा हैजा उपचार केन्द्रहरू स्थापना गरेको छ । संयुक्त राष्ट्रसंघ स्वास्थ्य एजेन्सीले जनाए अनुसार भर्खरै स्थापित उपचार केन्द्रहरूले हैजाको उपचारको लागि बिरामी हेरचाहको उपलब्धता, पहुँच र गुणस्तर सुधार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ ।

डब्लुएचओले यस कदमले पीडितको जीवन बचाउनका लागि महत्त्वपूर्ण र प्रभावकारी काम गर्ने बताएको छ । त्यसमा आवश्यक चिकित्सा उपकरणले सुसज्जित ७१८ शैया क्षमताको हैजा उपचार केन्द्रमा स्क्रिनिङ र ट्राइज, अवलोकन, भर्ना, रिकभरी, फोहोर व्यवस्थापन, लुगा धुने, क्लोरिन तयारी, भान्छा लगायतको व्यवस्थापन गरिएको छ ।

डब्ल्युएचओका अनुसार इथियोपियामा चलिरहेको हैजाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या ४६८ पुगेको छ भने जनवरी ३० सम्म पूर्वी अफ्रिकी देशमा ३२ हजार ५४८ हैजाका घटनाहरू रिपोर्ट गरिएको छ । इथियोपियामा हैजाको प्रकोप फैलिएको बीच संयुक्त राष्ट्रसंघ एजेन्सीहरू महामारी फैलिनुका कारण पत्ता लगाई समाधानका लागि आवश्यक कदम चाल्न सबै पक्षसँग आह्वान गरिरहेका छन् ।

इथियोपियामा हैजाको प्रकोप जारी रहेका बेला संयुक्त राष्ट्रसंघका एजेन्सीहरू र मानवीय साझेदारहरूले देशमा बारम्बार हैजाको प्रकोपको फैलनुका मूल कारणहरूलाई सम्बोधन गर्न दिगो समाधानका लागि आह्वान गरिरहेका छन् । मूलतः कम गुणस्तरको पिउने पानी र खुला शौचालय नै मुख्य कारण मानिन्छन् ।