फाइल तस्वीर
उलान बातोर — यस हिउँदमा, मङ्गोलियामा कीर्तिमानी हिमपात भएको छ । जुन सन् १९७५ पछिको सबैभन्दा उच्च रहेको मौसम विज्ञान र वातावरणीय अनुगमनका लागि राष्ट्रिय एजेन्सीले मङ्गलबार जनाएको छ ।

यस हिउँदमा हालसम्म औसत हिमपात ९.६ मिलिमिटर पुगेको मौसम अनुगमन निकायले जनाएको छ । मङ्गोलियाका लगभग सबै प्रान्तहरूमा बारम्बार भारी हिमपात भएको छ । बारम्बार हिमपातका कारण यस हिउँदमा चरम चिसोको अनुभव गरिएको एजेन्सीले जनाएको छ । देशको ८० प्रतिशतभन्दा बढी भाग हिउँले ढाकेको छ ।

सोमबारसम्म मङ्गोलियामा अत्यधिक चिसो मौसमका कारण हुने पशुको मृत्युको सङ्ख्या ६ लाख ६७ हजार ८४१ पुगेको छ । मङ्गोलिया संसारको नोमाडिक देशहरूको मध्ये एक हो यहाँ लगातार कडा हिमपात, धुलो, आँधीहुरी आइरहने कठोर महाद्वीपीय जलवायुले युक्त छ ।