फाइल तस्वीर

काठमाडौं– साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ४ सय रुपैयाँले वृद्धि भएको हो ।

महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी आज तेजाबी सुन १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो आइतबार छापावाला सुन प्रतितोला १ लाख १७ हजार ६ सय रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसै गरी, आज चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेर तोलाको १ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । चाँदी हिजो आइतबार तोलाको १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।