फाइल तस्वीर


रौतहट — जिल्ला प्रशासन कार्यालय रौतहटको ईशनाथ नगरपालिकामा हिजोदेखि लगाएको कर्फ्यूको दायरा बढाइएको छ । सरस्वती पुजाको मूर्ति सेलाउने विषयमा विवाद उत्पन्न हुँदा दुई समुदायबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले हिजो साँझदेखि ईशनाथ नगरपालिकाको वडा नं. ६ र ७ मा लगाएको कर्फ्यूको दायरा बढाएको हो ।

हिजो भएको दुई पक्षबीचको झडपमा छ जनाभन्दा धेरै मानिसहरु घाइते भएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको थियो जिल्ला प्रशासन कार्यालयका अनुसार हिजो वडा नं. ६ र ७ मा लगाएको कर्फ्यूको दायरा बढाउँदै आज दिउँसोदेखि वडा नं. २, ३, ४ र ५ मा पनि कर्फ्यू लगाएको छ । हिजो कर्पm्यू लगाइको वडा बाहेक अन्य वडाहरुमा पनि साम्प्रदायिक दङ्गा फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालयले आज दिउँसोबाट कर्फ्यू आदेश जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीका अनुसार जिल्लाका सुरक्षा अधिकारीहरु घटनास्थलमै रहेको र एक हजार पाँचसय भन्दा बढी सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । ति वडाहरुमा अप्रिय घटना हुन नदिन जिल्ला प्रशासन कार्यालयले कर्फ्यूको दायरा बढाइएको हो । प्रजिअ रेग्मीका अनुसार अर्को आदेश नआउँदासम्म नगरपालिकाको ति वडाहरुमा कर्फ्यू जारी रहने भएको छ ।