फाइल तस्वीर
काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालमा हुने कक्षा १२ को वर्षिक परीक्षाको तालिका सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले एक सूचना जारी गर्दै कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको हो ।

बोर्डले आगामी वैशाख १४ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने कक्षा १२ को साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुरानो पाठ्यक्रम एवं ग्रेड वृद्धिको परीक्षा तालिका सार्वजनिक गरेको छ