काठमाडौँ — हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । अहिले देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने तराई मधेशका केही स्थानमा हल्का हुस्सु लागिरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहने छ । बाँकी भूभागको मौसम भने मुख्यतया सफा रहने भएको छ ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले आज शनिबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनका अनुसार आज राति देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहने छ ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।