फाइल तस्वीर


काठमाडौँ — नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसीसी महिला प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरिएको छ । मलेसियाको क्वालालम्पुरमा जारी प्रतियोगिता अन्तर्गत आज भएको खेलमा नेपाल मलेसियासँग ४ विकेटले पराजित हुदै सेमिफाइनलबाटै बाहिरिएको हो ।

यो पराजयसँगै नेपालले फाइनल खेल खेल्ने सपना अधुरै रहन पुगेको छ । यो जितसँगै मलेसियाले फाइनलमा स्थान बनाउनुको साथै एसिया कपका लागि समेत आफ्नो स्थान सुरक्षित राख्न सफल भएको छ । गृहमैदानको सदुपयोग गर्दै फाइनलमा पुगेको मलेसियाले अब आइतबार युएईसँग उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ ।

पहिले ब्याटिङ रोजेर प्रतिस्पर्धामा उत्रिएको नेपालले दिएको एक सय १६ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा भेट्टाएको थियो । मलेसियाका लागि एलिसा हन्टरले उत्कृष्ट ब्याट्रि गरेकी थिएन् । एलिसाले अन्तिम ओभरको पहिलो र तेस्रो बलमा चौका प्रहार गर्दै । चौथो बलमा दुई र पाँचौ बलमा १ रन लिदै मलेसियालाई जित दिलाइन् ।

एलिसा ६९ रनमा नटआउट रहिन् । ५३ बलको सामना गरेकी उनले ६ चौका प्रहार गरिन् । माहिरा इज्जती १६ र मास इलियास १३ रनमा आउट हुन पुगेका थिए ।

यता नेपालकी कविता जोशीले १५ औँ ओभरमा दुई विकेट लिर्दै मलेसियालाई दबाबपुर्ण अवस्थामा पु¥याएकी थिइन् । अन्तिम ओभरमा कविता कुवँरले ११ रन दिइन् । कविताले १५ औँ ओभरको चौथो बलमा माहिरन इज्जतलाई १६ रनमा रुविना क्षेत्रीको हातबाट क्याच आउट गराइन् ।

त्यही ओभरको अन्तिम बलमा इन्तल जमाहिदयालाई एलबीडब्लु धरापमा पारेकी थिइन् । नेपालका लागि सीता राना मगर र कविता कुवँरले समान दुई विकेट लिए। कविता कुवँर र रुविना क्षेत्रीले समान एक विकेट लिएका थिए ।

नेपालका लागि कप्तान इन्दु बर्माले २९ रनको योगदान दिइन्। डली भट्ट २५ रन बनाउँदा रन आउट भइन् भने ओपनर कविता कुँवर २३ रन बनाएर रन आउट हुन पुगिन् । रुविना क्षेत्रीले २० रन थपिन् थप्दा कविता जोशी २ रनमै रन आउट हुन पुगेकी थिइन् । मलेसियाका लागि माहिरन इज्जतीले २ विकेट र विनिप्रलेड डुराइसिंघमले १ विकेट लिन सफल भएका थिए ।