फाइल तस्वीर
अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. प्रकाशशरण महत ।


काठमाडौँ — सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब रुपैयाँको बजेट बनाउने तयारीमा जुटेको छ । आज बिहान अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलन उक्त कुराको जानकारी गराइएको हो ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए अनुसार सरकारले सोही आधारमा आगामी आर्थिक वर्षको बजेट बनाइने छ । आगामी आर्थिक वर्षको बजेट सिलिङ तयार गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ नेतृत्वको स्रोत समिति बनाइएको थियो । सो समितिले ले आगामी आर्थिक वर्षका लागि १८ खर्बको बजेट सिलिङ तयार पारेको हो । चालु आर्थिक वर्ष २०८०/८१ को बजेट १७ खर्ब ५१ अर्ब छ । योभन्दा आगामी आर्थिक वर्षको बजेट करिब आधा खर्ब मात्रै बढी देखिन्छ ।