काठमाडौँ — हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यतिबेला देशका पहाडी भू–भागमा आंशिक बदलीको अवस्था छ भने तराई मधेशका थोरै स्थानमा हुस्सु लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज दिउँसो कोशी, बागमती ,गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहने छ । देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने छ भने आज दिउँसो गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।


यसैगरी आज राति पनि कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहने छ भने गण्डकी तथा कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक– दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन अनुरोध गरेको छ ।