फाइल तस्वीर
पोखरा — नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक परिवर्तनले देश र जनतालाई स्वतन्त्रता प्रदान गरेको उल्लेख गर्दै स्वतन्त्रताका नाममा छाडातन्त्र हुन नहुने बताउनुुभएको छ । नेपाली काङग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा आजदेखि सुरु भएको गण्डकी तथा लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षणको उद्घाटन गर्दै यस्तो धारणा व्यक्त गर्नुभएको हो ।


कार्यक्रम मन्तव्य व्यक्त गर्नुहुँदै मुख्यमन्त्री पाण्डेले काङ्ग्रेसले देशको आमूलपरिवर्तनमा विशिष्ट योगदान गरे पनि आम जनमानसमा त्यो कुरालाई लैजान नसकिएको बताउनुुभयो । उहाँले नेपाली समाजमा काङग्रेसले गरेको योगदानलाई जनतासमक्ष प्रशिक्षकका माध्यमबाट पु¥याउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

काङ्ग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले राष्ट्रियता, प्रजातन्त्र तथा समाजवादलाई मूल आदर्शका रुपमा लिँदै स्थापित काङ्ग्रेस स्थापनाका मूलआदर्श र सिद्धान्तलाई आत्मसात नगर्दा कमजोर बनेको बताउनुुभयो । जनताले अनुभूति गर्ने किसिमको काङ्ग्रेस बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । काङ्ग्रेसलाई बलियो बनाउन गण्डकी प्रदेशका तर्फबाट सङ्कल्पपत्र तयार गरिएको उल्लेख गर्दै उहाँले त्यसलाई महासमितिको बैठकमा प्रस्तुत गरिने बताउनुुभयो ।

कार्यक्रममा काङ्ग्रेस गण्डकी प्रदेशका उपसभापति कल्पना तिवारी, लुम्बिनी प्रदेशका उपसभापति भुवनप्रसाद श्रेष्ठलगायतले काङ्ग्रेसलाई आम जनतामाझ पु¥याउनका लागि प्रशिक्षक प्रशिक्षण तालिम महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्नुभयो । तीन दिनसम्म चल्ने उक्त प्रशिक्षणमा गण्डकी तथा लुम्बिनी प्रदेशअन्तर्गतका जिल्लाका पार्टीका उपसभापतिसहित ८८ जना सहभागी रहेका काङ्ग्रेस गण्डकी प्रदेशका प्रचारप्रसार विभागका उपप्रमुख शिरोमणि बरालले जानकारी दिनुुभयो ।