काठमाडौँ — शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयको निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको लागि आवेदन खुला गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारलाई आवेदन दिन आह्वान गरेको हो ।

आयोगले इच्छुक उम्मेदवारहरुले आजैदेखि अनलाइन दरखास्त प्रणालीमार्फत् दरखास्त दिन सक्ने जनाएको छ । उम्मेदवारहरूले आयोगको दरखास्त अनलाइन पोर्टल https://online.tsc.gov.np मार्फत सम्पूर्ण विवरणहरू भरी दरखास्त दिनुपर्नेछ ।

विज्ञापनको विस्तृत विवरण आयोगको वेबसाइट https://www.tsc.gov.np बाट प्राप्त गर्न सकिने सूचनामा उल्लेख छ ।

421416440_2295247993994492_9026927980027869523_n