प्रतिकात्मक तस्वीर
रामपुर — पाल्पामा जीप दुर्घटना हुँदा आठ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । जिल्लाको तिनाउँ गाउँपालिका–६ स्थित मस्याममा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

मृतकको पहिचान हुन सकेको छैन भने घाइते भएका १८ जनालाई लुम्बिनी मेडिकल कलेज पाल्पा पठाइएको छ । डुम्रेबाट कुसुमखोलातर्फ गइरहेको जीप आज साँझ दुर्घटना भएको हो ।