प्रतिकात्मक तस्वीर
मन्थली — रामेछाप नगरपालिका–९ ल्याङल्याङमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ट्र्याक्टरमा सवार दुई जना घाइते भएका छन् ।

दुर्घटनामा ट्र्याक्टर चालक सोही वडाका ३७ वर्षका गुणराज श्रेष्ठको मृत्यु भएको र रामेछाप नगरपालिका–८ का मनोज मगर र सोही वडाका चन्द्रबहादुर शाही घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख होमबहादुर पराजुलीका अनुसार उक्त ट्र्याक्टर सुुनकोशी नदी किनारबाट बालुवा लिएर ल्याङल्याङतर्फ आइरहेको थियो । घाइतेमध्ये चन्द्रबहादुरको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।