अम्मान- तालिम अभ्यासका क्रममा विमान दुर्घटना हुँदा रोयल जोर्डन वायुसेनाका दुई जना पाइलटको मृत्यु भएको छ । राज्य सञ्चालित पेट्रा समाचार एजेन्सीले आइतबार जनाए अनुसार मारिएका दुई जना मेजर पाइलट उमर अता अल–अब्बादी र क्याप्टेन पाइलट मोहम्मद अब्दुल्लाह अल–खुदैरको रहेका छन् ।


विमान उत्तरी शहर माफ्राकमा रहेको किङ्ग हुसेन एयर बेसमा दुर्घटनाग्रस्त भएको पेट्राले जनाएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ ।